चीनको प्रतिबन्धपछि जापानी सीफुड व्यापार ६७ प्रतिशत घट्यो

犀利士 /2023/09/image-30-650×312.png” alt=”” class=”wp-image-197060″ style=”width:840px;height:403px” width=”840″ height=”403″/>

जापानको समुद्री खाद्य पदार्थ सीफुडको व्यापार ६७ प्रतिशतले घटेको छ ।

जापानले फुकुसिमा दाईची परमाणु केन्द्रको परमाणु विकिरण मिश्रित पानी प्रशान्त महासागरमा मिसाएपछि बढेको विवादसँगै चीनले जापानी सी फुड आयातमा प्रतिबन्ध लगाएको छ ।

चिनियाँ प्रतिबन्धनको असर जापानी सी फुड व्यवसायमा देखिएको हो ।

चिनियाँ अधिकारीहरुले अगस्टमा मात्रै २ करोड ४० लाख डलर बराबरको जापानी सी फुडको आयात घटेको जनाएका छन् ।

जुन अघिल्लो महिनाको तुलनामा ६७ प्रतिशतले कम हो । गत जुलाईमा पनि चीनमा जापानी सी फुडको आयात ३० प्रतिशतले घटेको थियो ।

गत २४ अगस्टमा जापानले परमाणु संयन्त्रको पानी प्रशान्त महासागरमा मिसाउन सुरु गरेको थियो । जापानको सी फुडको सबैभन्दा ठूलो आयातकर्ता चीन हो ।

चीनले गत वर्षमात्रै जापानबाट ५९ करोड डलरको सी फुड आयात गरेको थियो । चीनले आयात प्रतिबन्ध लगाएपछि जापानले भने सीफुड व्यवसायका लागि कोष खडा गर्नुका साथै नयाँ बजारको खोजीमा लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?