तीजका अवसरमा आयोजित तीज फेस्टिवलको तयारी पूरा

हिन्दू नारीहरूको महान चाड हरितालिका तीजको अवसरमा कोकोरो इन्टरटेन्टमेन्ट र कानागावा नेपाली कम्यनिटीले संयुक्त रुपमा आयोजना गरेको ‘तीज फेस्टिवल’ को सम्पूर्ण तयारी पूरा भएको छ ।

टोकियोस्थित कामातामा रहेको चौतारो रेष्टुरेन्टको साझेदारी तथा नवलपुर समाज जापान र भिजिट नवलपुरको सहआयोजनामा फेस्टिबल आयोजना गर्न लागिएको हो ।

कार्यक्रममा नेपाली गीत–संगीतमा विशिष्ट पहिचान बनाएका चर्चित गायक रमेशराज भट्टराई, अर्जुन सापकोटा र सुशीला गौतमसहित जापानमा रहेर संगीतकर्ममा क्रियाशील गायक/गायिका तथा सर्जकहरू परदेशी गायक सूर्य खड्का, बाला दूरा, खेमराज पौडेल, शिवा के.सी., अमित सापकोटा र कोपिला शर्माको प्रस्तुति रहनेछ ।

विभिन्न कारणबाट विदेशमा रहे पनि नेपाली धर्म, कला, संस्कृति, रीतिरिवाजलाई जगेर्ना गर्ने उद्देश्यले सेप्टेम्बर १८ तारिख (असोज १ गते) हरितालिका तीजको दिनमा योकोहामाको हिगासी कानागावाको कानक हलमा तीज फेस्टिवलको आयोजना गरिएको कानागावा नेपाली कम्युनिटीका अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

हरितालिका तीजको दिनमा नै आयोजना गरिएको र जापानमा समेत सार्वजनिक बिदा भएकाले कार्यक्रममा सहभागी हुन नेपाली समुदायलाई आयोजकले अनुरोध गरेका छन् ।

सो तीज महोत्सवमा सहभागिताका लागि भीआईपी १ मान येन र साधारण १ हजार येन टिकट दर कायम गरिएको आयोजकले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?