
जापानमा वृद्धवृद्धाको जनसंख्यामा निरन्तर वृद्धि भएको देखिएको छ ।
जापानमा हाल १०० वर्ष वा सोभन्दा माथिका वृद्धवृद्धाको जनसंख्या ९२ हजार १३९ पुगेको छ । जापानमा लगातार ५३औं वर्षमा पनि १०० वर्ष माथिको जनसंख्याको उच्च रेकर्ड कायम भएको हो ।
जुन गत वर्षको तुलनामा यो उमेर समूहको जनसंख्यामा १ हजार ६ सय जनाभन्दा बढीले वृद्धि भएको हो । यसरी गणना गरिएका मध्ये केही सय वर्षभन्दा धेरै उमेर भइसकेर पनि अझै सक्रियरुपमा काम गरिरहेका छन् ।
स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले १ सेप्टेम्बरसम्मको आधारभूत निवासी दर्ताका आधारमा जापानमा बस्ने १०० वर्षभन्दा माथिका वृद्धहरूको संख्या घोषणा गरेको हो ।
नयाँ अध्ययन प्रतिवेदनअनुसार गत वर्षको तुलनामा १ हजार ६१३ जनाले १ सय वर्षभन्दा बढी उमेरका मानिसको जनसंख्इा बढेर १५ तारिखसम्ममा जापानभर ९२ हजार १३९ जना पुगेको हो ।
यसरी वृद्धवृद्धाको जनसंख्याको पहिलो गणना गर्दा १ वर्षमाथिको जनसंख्या सन् १९७१ मा जम्मा ३१० जना थियो । त्यसयता लगातार ५३औं वर्षको गणनामा आइपुग्दा हालसम्मकै उच्चतम संख्या पुष्टि भएको हो ।
लैंगिक रुपमा १० हजार ५५० जना १ सय वा सो भन्दा अधिक उमेरका पुरुष छन् भने महिलाको संख्या ८१ हजार ५८९ जना छ ।
