प्रधानमन्त्री किशिदाले मन्त्रिपरिषद् हेरफेर गर्दै, को–को नयाँ अनुहार ?

जापानका प्रधानमन्त्री फुमियो किशिदाले बुधबार आफ्नो मन्त्रिपरिषद् र लिबरल डेमोक्रेटिक पार्टीको नेतृत्व पुनर्गठनको तयारी गरेका छन् ।

एलडीपीले उनलाई अधिकार दिएपछि सरकार र पार्टीमा जिम्मेवारी हेरफेरको तयारीमा लागेका हुन् । किशिदाले पूर्व न्यायमन्त्री कामिकावा योकोलाई नयाँ विदेशमन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।

प्रधानमन्त्रीको मुख्य क्याबिनेट सचिव मात्सुनो हिरोकाजु र अर्थमन्त्री सुजुकी सुनिची अहिलेकै पदमा कायम रहने निश्चित भएको जापानी सञ्चारमाध्यमले जनाएका छन् ।

किशिदाले अर्थतन्त्र, व्यापार तथा उद्योगमन्त्री निशिमुरा याशुतोशी, डिजिटल ट्रान्सफर्मेसन मन्त्री कोनो तारो र आर्थिक सुरक्षामन्त्री ताकाइची सानेलाई पनि सोही पदमा कायम राख्ने भएका छन् ।

किशिदाको मन्त्रिपरिषदमा रहेका गठबन्धन साझोदार कोमेइतोका साइतो तेत्सुओलाई पनि भूमि, पूर्वाधार, यातायात तथा पर्यटन मन्त्रीमा कायम राख्नेछन् ।

आन्तरिक मामिला तथा सञ्चारमन्त्रीमा सुजुकी जुन्जीलाई नियुक्त गर्ने तयारी छ ।

यसैगरी रक्षामन्त्री किहारा मिरोरु तथा शिक्षा, संस्कृति, खेलकुद, विज्ञान तथा प्रविधिमन्त्रीमा मोरियामा मासाहितोलाई ल्याउने योजना छ ।

न्यायमन्त्रीमा कोइजुमी र्युजी, कृषि, वन तथा मत्स्यमन्त्रीमा मियाशिता इचिरो, बाल नीतिमन्त्रीमा कातो अयुकोलाई नियुक्त गर्ने भएका छन् ।

माथिल्लो सदनबाट तोकेमी केइजो, मात्सुमुरा योशिफुमी र जिमी हाना पनि मन्त्रिपरिषदमा सामेल हुने सम्भावना छ ।

एलडीपीको नेतृत्वका लागि किशिदाले उपाध्यक्ष आसो तारो, महासचिव मोतेगी तोशिमित्सु, नीति अनुसन्धान परिषदका अध्यक्ष हागिउदा कोइची र आहार मामिलासमितिका अध्यक्ष सुयोशीलाई अहिलेकै जिम्मेवारीमा राख्ने तयारी छ ।

किशिदाले निर्वाचन रणनीति समितिका अध्यक्ष मोरियामा हिरोशीलाई महासभाको अध्यक्ष बनाउने योजना बनाएका छन् । मोरियामाको स्थानमा पार्टी संगठन र अभियान मुख्यालयका प्रमुख ओबुची युकोलाई ल्याइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?