
जापानको राजधानी टोकियोमा रहेको एक जुनियर स्कुलका प्रधानाध्यापकले नै बालबालिकाको अश्लील फोटो र भिडियो खिचेको पाइएको छ ।
बालबालिकाको अश्लील फोटो र भिडियो खिचेको आरोपमा प्रधानाध्यापक पक्राउ परेका हुन् ।
प्रहरीले ५५ वर्षीय कितामुरा हिसायोशीले आफ्नो कार्यालयमा १८ वर्षमुनिका किशोरीहरुको अश्लील तस्बिर राखेको जनाएको छ । उनलाई बाल अश्लीलता कानुन उल्लंघनको आरोपमा पक्राउ गरिएको हो ।
उनले आरोप स्वीकार गर्दै जुनियर हाई स्कुलका एक विद्यार्थीको फोटो खिचेको र यस्तो काम पहिले पनि गरेको बताएको प्रहरीले जनाएको छ ।
गत नोभेम्बरमा टोकियो महानगरीय सरकारको तेस्रो पक्ष परामर्श सेवाले कितामुराले यौन दुर्व्यवहार गरेको आरोप लगाएको रिपोर्ट प्राप्त गरेको थियो ।
महानगरपालिकाको शिक्षा बोर्डले सूचित गरेपछि प्रहरीले सो घटनाको छानबिन सुरु गरेको थियो ।
नेरिमा शिक्षा बोर्डले पत्रकार सम्मेलन गर्दै बोर्ड सुपरिटेन्डेन्ट होरी काजुओले भने पीडित विद्यार्थीहरु, अभभिावक र स्थानीयबासीसँग क्षमायाचना गरेका छन् ।
उनले शिक्षक र बच्चाहरुको नेतृत्व गर्ने व्यक्तिले नै गरेको यस्तो कार्य खेदजनक भएको जनाएका छन् ।
