
दोस्रो विश्वयुद्धका क्रममा फिलिपिन्समा छाडिएकी एक ८२ वर्षीया जापानी महिला जापान फर्किएकी छन् ।
अध्यागमन उल्लंघनका लागि त्यस्ता व्यक्तिहरुलाई लगाएको जरिबाना मिनाहा गरेपछि उनी जापान फर्किने जापानी आप्रवासीहरुको पहिलो युद्ध विस्थापित वंशज हुन् ।
जापान फर्किने क्रममा कोयामा मार्गरिटा हिरोकोलाई मनिलास्थित विमानस्थलमा जापानी दूतावासका कर्मचारी र सहयोगी संस्थाहरुले बिदाई गरेका थिए ।
कोयामालाई बाल्यकालमै उनका बाबुबाट अलग गरी युद्धपछि फिलिपिन्समा छाडिएको थियो । उनी सन् २०१७ मा जापानी नागरिकता प्राप्त गर्न सफल भएकी थिइन् ।
तर फिलिपिन्स सरकारले देश छाड्दा जरिबाना तिर्न आदेश दिएपछि उनी जापान फर्किन सकेकी थिइनन् । फिलिपिन्समा पनि उनीहरुलाई अवैध बासिन्दा मानिएको थियो । कोयामाले आफूलाई ३४ हजार डलर जरिबाना तिर्न भनेको बताइन् ।
जापानी दूतावासका कर्मचारीसँगको वार्तापछि फिलिपिन्स सरकारले जुलाईमा त्यस्ता व्यक्तिहरुको जरिबाना माफ गर्ने निर्णय गरेको थियो ।
कोयामाले आफू जापान पुगेर सबैभन्दा पहिले आफ्ना बाबुको चिहानमा जाने योजना रहेको बताएकी छन् ।
