
जापानमा छात्रामाथि अश्लील कार्य गरेको आरोपमा एक जना नेपाली पुरुष पक्राउ परेका छन् ।
हाइस्कुलका दुई जना १६ वर्षीया छात्रामाथि पार्कमा बाटो सोध्ने क्रममा अश्लील कार्य गरेको आरोपमा ती पुरुष पक्राउ परेका हुन् ।
उच्च माध्यमिक विद्यालयका ती छात्राहरुलाई अभद्र र अश्लील कार्य गरेको आरोप नेपाली पुरुषमाथि लागेको हो ।
पक्राउ पर्ने व्यक्तिको पूर्ण विवरण नखुलाइए पनि उनी ४३ वर्षीय शर्मा थरका नेपाली भएको बताएको छ । उनी आइची प्रिफेक्चरको चिता सिटीको एक रेस्टुरेन्टमा काम गर्ने बताइएको छ ।
प्रहरीका अनुसार ७ तारिखको राति शर्माले आइची प्रान्तको तोकाई सहरको ओतागावा स्टेसनमा ती छात्राहरुलाई आसाकुरा स्टेसन सोधेर रेल चढेका थिए । सो क्रममा उनले छात्रामाथि अभद्र रुपमा छोएको आरोप लागेको हो ।
पीडित छात्राहरुले आफ्ना अभिभावक मार्फत प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीसँगको बयानका क्रममा उनले आफूमाथिको आरोप अस्वीकार गरेका छन् ।
