
जापानले चन्द्रमाको अध्ययनका लागि रकेट सफलतापूर्वक प्रक्षेपण गरेको छ । यो यान चन्द्रमाको सतहमा उत्रनेछ ।
खराब मौसमका कारण पटक पटक स्थगित गरिएको मुन ल्याण्डर मिसन (स्लिम) बिहीबार सफलतापूर्वक प्रक्षेपण गरिएको हो ।
स्लिम अर्थात स्मार्ट ल्याण्डर फर इन्भेस्टिगेटिङ मुन नामको यो मिसन चन्द्रमाको सतहमा करिब ५ महिनामा अर्थात आगामी वर्षको फेब्रुअरीभित्र अवतरण गर्ने सम्भावना छ ।
रकेट प्रक्षेपण बिहीबार बिहान जापानी समयअनुसार ८ बजेर ८२ मिनेटमा खागोसिमा प्रान्तको तानेगाशिमा अन्तरिक्ष केन्द्रबाट गरिएको थियो ।
दुई साता अघिमात्रै चन्द्रयान–३ लाई सफलतापूर्वक अवतरण गराएको भारतको इसरोले ट्विट गर्दै जापान एयरस्पेश एक्सप्लोरेसन एजेन्सीलाई चन्द्रमाको लागि स्लिम ल्याण्डरको सफलतापूर्वक प्रक्षेपण गरेकोमा बधाई दिएको छ ।
यो मिसन सफल भएमा चन्द्रमामा पुग्ने जापान पाँचौ देश बन्नेछ । अहिलेसम्म चन्द्रमामा रुस, अमेरिका, चीन र भारतले आफ्नो यान अवतरण गराइसकेका छन् ।
जाक्साद्वारा विकसित मानवरहित अनुसन्धान कार्यका लागि जापानले १० करोड डलर खर्च गरेको छ । यो यानले चन्द्रमामा चट्टानहरु जाँच गर्ने बताइएको छ ।
