एनआरएनए जापानको कार्यसमितिले पायो पूर्णता, प्रवक्तामा गौतम

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको कार्यसमितिले पूर्णता पाएको छ । गत ३० जुलाईमा भएको निर्वाचनबाट नविन निउरे नेतृत्वमा निर्वाचित समितिमा मनोनित गर्नुपर्ने सदस्यहरु थपेर पूर्णता दिइएको हो ।

जसअनुसार मन्जु गिरी, फुकुओकाबाट नारायण सुवेदी, नागोयाबाट अर्जुन केसी, ओसाकाबाट विष्णु सापकोटा, कान्तोबाट सुरेस केसी, राम बास्तोला र कृष्ण केसी मनोनित भएका छन् ।

रिक्त केन्द्रीय सदस्यहरुलाई एनआरएनए जापानले ओकुबोस्थित कार्यालयमा शनिबार शपथ गराएको हो ।

फुकुओका, नागोया, ओसाका र कान्तोका संयोजकको उम्मेदवार बनेकाहरुलाई सहमतिका लागि भन्दै उम्मेदवारी फिर्ता गर्न लगाइएको छ ।

उनीहरुलाई नै केन्द्रीय सदस्यमा मनोनित गरिएको हो । मनोनित गरिएकाहरुलाई एनआरएनए जापानका अध्यक्ष नविन नियरेले एनआरएनए जापानको कार्यालयमा शपथ ग्रहण गराएका थिए ।

यसैगरी एनआरएनए जापानले खगराज गौतमलाई प्रवक्ता चयन गरेको छ । जापानमा रहेर पत्रकारिता गर्दै आएका गौतमलाई प्रवक्तामा मनोनित गरिएको हो ।

樂威壯 zed”>

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?