चीनको प्रतिबन्धपछि जापानले मत्स्य उद्योगलाई थप सहुलियत दिने

जापानी सी फुडमाथि चीनले आयात प्रतिबन्ध लगाएपछि जापानले आफ्नो देशका मत्स्य उद्योगलाई थप सहुलियत दिने तयारी गरेको छ ।

चीनले जापानबाट आयात हुने सबै सी फुडमाथि प्रतिबन्ध लगाएपछि जापानी मत्स्य बजारमा पर्नसक्ने असरलाई मध्यनजर गर्दै थप सहुलियत दिनेबारेमा जापान सरकारले छलफल अघि बढाएको हो ।

फुकुशिमा दाइची परमाणु प्लान्टको रेडियोएक्टिभ पानी प्रशान्त महासागरमा मिसाएपछि चीनले जापानबाट सी फुड आयातमा प्रतिबन्ध लगाएको हो ।

जापान सरकारले यो प्रतिबन्धले देशको मत्स्य उद्योगमा नराम्रो असर पुग्ने आशंका गरेको छ । सोही कारण जापान सरकारले स्कालप सीपी कम्पनीलाई थप सहायता दिनेबारेमा सोचिरहेको बताइएको छ ।

चीनमा हुने सी फुड निर्यातमा स्कालप सीपीको आधाभन्दा बढी हिस्सा छ । यसैगरी जापानले चीनमा निर्यात नभएपछि सीफुडको नयाँ बजार समेत खोज्ने तयारी गरिरहेको छ ।

फुकुसिमा परमाणु प्लान्टको पानी समुद्रमा मिसाएपछि त्यसले पर्ने असरको अफबाहका कारण गर्नसक्ने असरबाट जोगिन जापानले ५४ करोड ६० लाख डलरको कोष यसअघि नै खडा गरेको थियो ।

अब चीनको आयात प्रतिबन्धबाट पुग्नसक्ने असरलाई विश्लेषण गरेर जापानले अतिरिक्त सहायता उपलब्ध गराउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?