
संसारका विभिन्न देश तथा निजी क्षेत्र चन्द्रमामा मानव जातिको नयाँ अड्डा बनाउने आशामा अनुसन्धानमा ठूलो खर्च गरिरहेका छन् ।
हालैका शोधहरुमा चन्द्रमामा पानी हुनसक्ने पर्याप्त प्रमाण भेटिएपछि यसको अनुसन्धानमा झनै होडबाजी बढेको छ । जसमा जापान पनि रहेको छ ।
जापान अन्तरिक्ष अन्वेषण एजेन्सी जाक्साले शनिबार दक्षिण–पश्चिम प्रिफेक्चर कागोसिमास्थित तानेगासिमा अन्तरिक्ष केन्द्रबाट लुनर ल्याण्डर प्रक्षेपण गर्ने भएको छ ।
यो यानलाई चन्द्रमाको अन्वेषणका लागि स्मार्ट ल्याण्डर अर्थात स्लिम भनिएको छ । यदि यो अभियान सफल भएमा जापान चन्द्रमामा पुग्ने पाँचौं देश बन्नेछ ।
यसअघि अमेरिका, सोभियत संघ र चीनले चन्द्रमामा सफल मिसन पठाएका छन् भने भारतले बुधबारमात्रै चन्द्रमामा आफ्नो मिसन पठाउन सफल भएको छ ।
जापानले चन्द्रमाको अनुसन्धानका लागि ल्याण्डरलाई लक्ष्यको १०० मिटरको दायराभित्र उतार्ने कोशिस गर्नेछ । प्रक्षेपणदेखि चन्द्रकाको सतहसम्मको यात्रा ४ देखि ६ महिनाको हुनेछ ।
यसका साथै जाक्साले अप्रिल २०२५ को सुरुवातमा भारतको इसरोसँग मिलेर संयुक्त मिसन पठाउने जापानको चाहाना छ । यो मानवरहित चन्द्रयानले दक्षिणी ध्रुवीय क्षेत्रमा हिउँको खोजी गर्नेछ ।
