जापानले फुकुसिमा परमाणु प्लान्टको प्रशोधित पानी समुद्रमा मिसाउँदै

निकै लामो रस्साकस्सीपछि जापानले आजदेखि फुकुसिमा परमाणु प्लान्टको पानी समुद्रमा मिसाउन सुरु गर्दैछ ।

दक्षिण कोरिया, चीन, अस्ट्रेलियासहित प्रशान्त महासागरको किनारमा रहेका देशहरुको विरोधबीच जापानले आणविक विकिरण मिसिएको प्रशोधित पानी समुद्रमा मिसाउने भएको हो ।

मानव स्वास्थ्य र वातावरण तथा समुद्री पर्यावरणमा क्षति पु¥याउने भन्दै पानी समुद्रमा मिसाउने कुराको विरोध हुँदै आएको छ । गत महिना आईएईएले परीक्षण गर्दै पानी समुद्रमा मिसाउन योग्य रहेको बताएको थियो ।

छिमेकी देशहरुको विरोधबा बाबजुद जापानी प्रधानमन्त्री फुमियो किशिदा आणविक विकिरण मिश्रित पानी समुद्रमा मिसाउने निर्णयमा अडिग छन् ।

मत्स्यपालन सहकारी संघको राष्ट्रिय महासंघले पनि फुकुसिमा र वरपरका क्षेत्रहरूबाट समुद्री खानाको प्रतिष्ठा घटाउने भन्दै पानी छोड्ने निर्णयको विरोध गर्दै आएको छ ।

चीनसहितका देशले जापानबाट समुद्री खानाको आयातमा रोक लगाएका छन् । तर किशिदाले पानीको सुरक्षा सुनिश्चित गरिएको दाबी गरेका छन् ।

११ मार्च, २०११ मा आएको ९ म्याग्निच्युडको भूकम्प र त्यसपछि आएको सुनामीबाट क्षतिग्रस्त बनेको फुकुसीमा दाइची आणविक ऊर्जा केन्द्र चिस्याउन लाखौं लिटर पानी हालिएको थियो ।

यो पानी हाल एक हजार भण्डारण ट्यांकहरुमा भण्डारण गरेर राखिएको छ । जापानी सरकारले अप्रिल २०२१ मा प्रशान्त महासागरमा पानी छाड्ने विवादास्पद निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?