काम गर्न चाहने ५० प्रतिशत बढी जापानी जेष्ठ नागरिक बेरोजगार

जापानमा पछिल्ला वर्षहरुमा काम गर्न चाहने जेष्ठ नागरिकहरुको बेरोजगारी दर बढेको पाइएको छ ।

जापानको मानव संसाधन कम्पनीले गरेको सर्वेक्षणमा देशमा श्रमिक अभावबीच ६० देखि ७४ वर्ष उमेर समूहका ५० प्रतिशत भन्दा बढी नागरिकहरुले काम गर्न चाहेर पनि काम नपाएको पाइएको हो ।

जापानका दुई तिहाई कम्पनीहरु वृद्ध उमेरका व्यक्तिहरुलाई पूर्ण समय कर्मचारीका रुपमा भर्ती गर्न अनिच्छुक देखिएका छन् ।

फेब्रुअरी र मार्चमा ६ हजार व्यक्ति र ६ सय कम्पनीहरुमा गरिएको अनलाइन सर्वेक्षणमा सन् २०१६ देखि जेष्ठ नागरिकहरुको बेरोजगारीदर बढेको देखिएको छ ।

सर्वेक्षणमा सहभागी जेष्ठ नागरिकमध्ये ३७.७ प्रतिशत वृद्ध उत्तरदाताहरुले काम गर्न चाहेर पनि रोजगारीबाट बाहिरिनु परेको गुनासो गरेका छन् ।

उत्तरदातामध्ये ५३.७ प्रतिशतले रोजगारी गर्न चाहेर पनि नपाएको बताएका छन् । तीमध्ये २४ प्रतिशतले आफू अझै पनि जागिरको खोजीमा रहेको बताएका छन् भने २१.८ प्रतिशतले जागिर नपाए犀利士 पछि खोज्न छाडेको बताएका छन् । यसैगरी ७.९ प्रतिशतले भर्खरै काम खोज्न थालेको उल्लेख गरेका छन् ।

सर्वेक्षणमा सहभागी जेष्ठ नागरिकमध्ये ११.५ प्रतिशतले रोजगारी पाएको देखिएको छ भने ३४.८ प्रतिशतले भने जागिर नखोजेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?