
शुक्रबारदेखि जापानका इबाराकी प्रिफेक्चरमा सुरु भएको मार्लिन माछा मार्ने प्रतियोगिता आज आइतबार समाप्त हुँदैछ ।
मार्लिन माछा मार्ने अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि जापानी र विदेशी नागरिकहरु टोकियोको उत्तरमा रहेको इबाराकी प्रिफेक्चरमा भेला भएका छन् ।
ओआराइ बन्दरगाहमा प्रतियोगितामा भाग लिनका लागि शुक्रबार डुंगाहरु बाँधिएका थिए ।
दोस्रो पटक आयोजना भइरहेको प्रतियोगितामा ३७ टिम र १८० जनाले भाग लिइरहेका छन् । उनीहरुबीच समातिएका माछाको संख्या र तिनीहरुको तौलका आधारमा प्रतिस्पर्धा भइरहेको छ ।
पूर्वोत्तर जापानको सेन्दाई सहरदेखि ४० वर्षीय व्यक्तिले पहिलो पटक माछा मार्ने प्रतियोगितामा भाग लिन पाउँदा आफू उत्साहित भएको बताए ।
उनले आफूले १५० किलोग्रामभन्दा बढी तौल भएको विशाल माछा समात्नेमा विश्वस्त रहेको बताए ।
आज आइतबार प्रतियोगिता समाप्त हुँदैछ । शनिबार ओआराई मरिन टावरमा एक विशेष मार्लिन व्यञ्जनको समेत आयोजना गरिएको थियो ।
