जापानमा अर्थतन्त्रमा सुधारसँगै तलबमा २८ वर्ष यताकै उच्च वृद्धि

जापानमा पछिल्लो समयमा अर्थतन्त्रमा अपेक्षाभन्दा तीव्र वृद्धि भएको छ ।

जापानको कुल ग्राहस्थ उत्पादनमा वृद्धि देखिएसँगै कामदारको तलबमा पनि उच्च वृद्धि भएको छ । जापानमा कामदारको तलबमा २८ वर्षयताकै उच्च वृद्धि भएको छ ।

जापानमा पछिल्लो ३ महिनामा अर्थतन्त्रमा अत्यधिक सुधार देखिएको छ । विश्वको तेस्रो ठूलो अर्थतन्त्र रहेको जापानमा जापानको कुल ग्राहस्थ उत्पादनमा वार्षिक ६ प्रतिशतको दरले वृद्धि देखिएको छ ।

जापानको अर्थतन्त्रमा देखिएको यो वृद्धि अर्थविद्हरुको प्रक्षेपणभन्दा दोब्बर बढी वृद्धि हो ।

जापानी मुद्रा येन कमजोर हुँदा विश्वभरका उपभोक्ताले कम मूल्यमा सामान पाउँदा जापानी सामानको निर्यात ह्वात्तै बढेको थियो ।

जापानका कार निर्माता कम्पनीहरु टोयोटा, होण्डा, निशानजस्ता कम्पनीको नाफामा भारी वृद्धि भएको छ भने कोरोना भाइरसको महामारीका लागि लगाएको प्रतिबन्ध हटेर कोरोनालाई सामान्य फ्लुको श्रेणीमा राखेपछि पर्यटन क्षेत्रमा पनि सुधार देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?