जापानमा मुसलधारे वर्षाको सम्भावना, केही सहर खाली गर्न अनुरोध

जापानको मौसम विज्ञान एजेन्सीका अधिकारीहरुले उष्णकटिबन्धीय तुफाल ल्यानका कारण देशका केही भागमा भारी वर्षाको सम्भावना रहेको जनाएका छन् ।

मध्यवर्ती जापानका शिजुओका प्रिफेक्चरका अधिकारीहरुले भारी वर्षाका कारण भूस्खलनको खतरा भएका दुई सहर खाली गर्ने आदेश दिएका छन् ।

गिफु प्रिफेक्चरका अधिकारीहरुले पनि भूस्खलनको जोखिमको कारण देखाउँदै तीन वटा सहर खाली गराउन आदेश जारी गरेका छन् ।

मौसम विज्ञान एजेन्सीका अनुसार बुधबारसम्म तुफान ल्यान ३० किलोमिटर प्रतिघण्टाको रफ्तारमा उत्तर–पूर्वोत्तर दिशामा अघि बढिरहेको थियो ।

ल्यान तुफान जापान सागरमा उत्तरी दिशामा अघि बढ्ने अनुमान गरिएको छ । पूर्वी जापान र अन्य स्थानमा हावाको प्रवाहका कारण वायुमण्डलीय स्थिति अस्थिर बनेको छ ।

पूर्वी जापानमा मेघ गर犀利士 ्जनसहित भारी वर्षा हुने अनुमान गरिएको छ भने तोकाई क्षेत्रमा मुसलधारे वर्षाको आशंका गरिएको छ ।

अधिकारीहरुले मानिसहरुलाई भूस्खलन, तल्ला इलाकाहरुमा बाढी, नदीको जलसतह बढ्ने, चट्याङ पर्ने सम्भावना रहेका कारण सतर्क रहन अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?