जापानले अमेरिकालाई २० लाख डलर सहयोग गर्ने

जापानले अमेरिकालाई २० लाख डलर सहयोग घोषणा गरेको छ ।

अमेरिकाको हवाई राज्यमा लागेको शताब्दीयताकै भीषण आगलागीबाट प्रभावित मानिसहरुलाई राहत तथा पुनस्र्थापनामा सहयोग गर्न जापानले अमेरिकालाई सो रकम दिने घोषणा गरेको हो ।

जापानका विदेशमन्त्री हायासी योशिमासाले हवाईको जंगल र बस्तीमा लागेको आगलागीबाट प्रभावितहरुलाई जापानले करिब २० लाख डलर सहयोग गर्ने घोषणा गरेका हुन् ।

हायासीले अमेरिकी रेडक्रस तथा जापानी गैरसरकारी संस्थामार्फत आश्रयस्थल निर्माण र सुरक्षित बनाउन तथा खानेकुराको व्यवस्थापनका लागि प्रयोग गरिने जानकारी दिए ।

८ अगस्टदेखि हवाईको माउई टापुमा लागेको आगलागीमा परी हालसम्म ११० जनाको मृत्यु भएको छ भने सयौं घाइते र बेपत्ता भएका छन् ।

आगलागीबाट घरहरु ध्वस्त भएपछि हजारौं मानिसहरुले अस्थायी आश्रयस्थलमा शरण लिइरहेका छन् ।

उनले हवाईमा प्रभावितहरुका लागि राहत उपलब्ध गराउन र आगलागी प्रभावित क्षेत्रमा सकेसम्म छिटो पूर्ववत अवस्थामा फर्काउनका लागि जापानले सक्रिय सहयोग गर्न चाहेको समेत उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?