जापानमा खानुनपछि ल्यान ताइफु, मध्य जापानमा आँधी र वर्षा ल्याउँदै

जापानमा खानुन ताइफुको प्रकोप नसकिदै अर्को ताइफु आएको छ । मध्य जापानमा भारी वर्षा र आँधी ल्याउने अनुमान गरिएको ताइफु ल्यानको प्रकोप शुक्रबारदेखि जापान प्रवेश गर्ने अनुमान गरिएको छ ।

शुक्रबार टोकियोबाट करिब १ हजार किलोमिटर दक्षिणमा रहेको प्रशान्त महासागरमा रहेको जापानको आगासावारा टापुहरुमा आइपुग्ने पूर्वानुमान गरिएको छ ।

मौसम अधिकारीहरुले ताइफुका कारण सो क्षेत्रमा भीषण आँधी र वर्षाको चेतावनी दिएका छन् ।

ल्यानले आगामी साता जापानको मुख्य भागमा आँधिबेहरी ल्याउने अनुमान जापान मौसम एजेन्सीले गरेको छ ।

एजेन्सीका अनुसार ल्यान चिचिजिमा टापुको १७ सय किलोमिटर दक्षिणपूर्व पानीमा १५ किलोमिटर प्रतिघण्टाको गतिमा ताइफु उत्तरपश्चिममा सरिरहेको छ ।

ल्यानको आँधीको अधिकतम गति यसको केन्द्रनजिक १२६ किलोमिटर प्रतिघण्टा र १३० किलोमिटरको दायराभित्र ९० किलोमिटर प्रतिघण्टाको गतिमा रहेको छ ।

यो तुफान उत्तरतर्फ जाने र शुक्रबार ओगासावारा टापु नजिक आउने अनुमान छ । यो टापु क्षेत्रमा शनिबारसम्म भारी वर्षा हुने पूर्वानुमान गरिएको छ ।

शुक्रबार दिउँसोदेखि २४ घण्टाको अवधिमा २५० मिलिमिटरसम्म र शनिबार दिउँसोबाट २४ घण्टामा २०० मिलिमिटरसम्म वर्षा हुने अनुमान गरिएकाले सतर्कता अपनाउन ओगासावारा टापु क्षेत्रका बासिन्दालाई अनुरोध गरिएको छ ।

शनिबारबाट यो ताइफु प्रशान्त महासागरको उत्तरपश्चिम क्षेत्रमा सर्ने अनुमान छ । आगामी मंगलबार ताइफु जापानको मुख्य टापु होन्सुमा प्रवेश गर्नसक्छ ।

पूर्व र पश्चिमी जापान सोमबारदेखि तुफान र आँधीका कारण प्रभावित हुने सम्भावना छ । टोकियो必利勁 सहित मध्य जापानलाई ताइफुले आइतबारदेखि मंगलबारसम्म अत्यधिक असर पार्ने पूर्वानुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?