जापानमा ई–बैंकिङमार्फत चोरी बढ्यो, कसरी जोगिने ?

जापानमा ई–बैंकिङमार्फत चोरीका घटनामा वृद्धि भएको छ । इन्टरनेट आईडी र पासवर्डहरु चोरी भएर जापानमा पछिल्लो ६ महिनामै ३ अर्ब चोरी भएको छ ।

राष्ट्रिय प्रहरी एजेन्सीले २ हजार ३२२ वटा यस्ता घटनाबाट करिब २ करोड १० लाख डलरभन्दा बढी रकम अनधिकृत रुपमा सम्बन्धित व्यक्तिको खाताबाट अन्यत्र स्थानान्तरण भएको जनाएको छ ।

यसवर्ष मुख्यगरी फिसिङ समावेश भएका घटनाहरुको संख्या ६ महिनामै गत वर्षभन्दा बढी देखिएको छ । यस्ता जोरीका घटनामा पहिलोपटक सन् २०१५ मा ३ अर्ब ७ करोड चोरी भएको थियो ।

इन्टरनेट बैंकिङको विस्तार र बढ्दो परिष्कृत फिसिङ इमेलहरुका कारण यस्ता घटनामा वृद्धि भएको जनाइएको छ । वित्तीय संस्थाहरु, विशेषगरी भौतिक शाखाहरु नभएका सबैभन्दा बढी निशानामा परेका छन् ।

प्रहरीले शंकास्पद इमेलहरु नखोल्न, अनावश्यक र शंकास्पद लिंकहरुमा क्लिक नगर्न तथा आधिकारिक वेबसाइट वा ऐपहरु बाहेक अन्यत्र आफ्ना बैंकिङ तथा संवेदनशील जानकारी नराख्न सल्लाह दिएको छ ।

樂威壯 https://www.nepalsandesh.com/wp-content/uploads/2023/06/Eazy_pp_size_poster-share-scaled.jpg”>

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?