
जापानका युवराज फुमिहितो र उनकी पत्नी राजकुमारी किकोले आगामी सेप्टेम्बरमा भियतनामको भ्रमण गर्ने भएका छन् ।
जापानी राजदरबारले दिएको जानकारी अनुसार दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ५० वर्ष पूरा भएको अवसरमा जापानी युवराज भियतनामको औपचारिक भ्रमणमा जान लागेका हुन् ।
एक साता लामो भ्रमणका अवसरमा उनले दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ५०औं वर्ष पूरा भएको सन्दर्भमा आयोजित कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।
भियतनामले अगस्टको सुरुमै जापानी राजपरिवारलाई भ्रमणका लागि औपचारिक निमन्त्रण पठाएको थियो ।
यो जोडीले सन् १९९९ मा लाओस र थाइल्याण्डको आधिकारिक भ्रमण गरेका थिए । यो भ्रमण सन् २०१९ मा सम्राट नारुहितोले राजगद्दी त्यागेपछिको तेस्रो आधिकारिक भ्रमण हुनेछ ।
