
जापानले रुसमाथि लगाएको निर्यात प्रतिबन्ध थक कडा बनाएको छ ।
युक्रेनमाथिको हमलालाई मध्यनजर गर्दै जापानले रुसमाथि गाडी र अप्टिकल उपकरणसहित ७५८ वस्तु निर्यातमा प्रतिबन्ध लगाएको हो ।
सवारीमा १,९०० सिसीभन्दा बढी क्षमताका इन्जिन भएका पेट्रोल, डिजेल कार तथा हाइब्रिड, विद्युतीय सवारी साधन र ठूला सवारीका टायरजस्ता वस्तु निर्यातमा प्रतिबन्ध लगाएको हो ।
रुसमा लोकप्रिय जापानी कार पनि निर्यातमा प्रतिबन्ध लगाइएको छ । जापानले यसअघि पनि रुसलाई ट्रक तथा अन्य महंगा सवारी साधन निर्यातमा प्रतिबन्ध लगाएको थियो ।
गत मे महिनामा हिरोसिमामा आयोजित जी–७ शिखर सम्मेलनका क्रममा समूहका नेताहरुले रुसविरुद्ध प्रतिबन्ध कडा बनाउने सहमति जनाएका थिए । सोही अनुसार जापानले रुसमाथि थप प्रतिबन्ध लगाएको हो ।
अमेरिका र युरोपेली संघले रुसमा हुने सवारी निर्यातमा पहिलेदेखि नै प्रतिबन्ध लगाएका थिए ।
