नागासाकीमा अमेरिकाको बर्बर बम हमलाको ७८ वर्ष पूरा

犀利士 resized”>

जापानको नागासाकी सहरमा अमेरिकाले दोस्रो विश्वयुद्धका क्रममा परमाणु बम प्रहार गरेको ७८ वर्ष पुगेको छ । जापानमा परमाणु बम हमलाको त्रासदीपूर्ण क्षणलाई स्मरण गरिएको छ ।

यो सहर परमाणु बम हमला सहने अहिलेसम्मको अन्तिम सहर हो । परमाणु बम हमला पीडितहरुले यो त्रासदीको स्मरण गर्दै संसारमा फेरि यस्तो अमानवीय आक्रमण रोक्नका लागि विश्वका नेताहरु एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।

नागासाकी शान्ति उद्यानमा मानिसहरु बुधबार भेला भएर प्रार्थना गरेका छन् । यो उद्यान परमाणु बम हमलाको केन्द्र नजिकै निर्माण भएको छ ।

भिषण समुद्री तुफान खानुनका कारण यसवर्ष स्मृतिसभाको स्तर घटाएर ६० वर्षमा पहिलो पटक भवनभित्र आयोजना गरिएको थियो ।

बिहान ११ः०२ बजे नागासाकीकमा मौन प्रार्थना गरिएको थियो । ९ अगस्ट, १९४५ मा यही समयमा नागासाकीमा बम हमला भएको थियो ।

यो हमलापछि सो वर्षको अन्त्यसम्म ७० हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो ।

केही मानिस विस्फोट र त्यसपछि निस्किएको आगोको लप्काका कारण तत्कालै मारिएका थिए ।

अन्य मानिसको चोट तथा परमाणु बमको विकिरणसम्बन्धी रोगबाट मृत्यु भएको थियो । केही मानिस हमलाका कारण क्यान्सर तथा अन्य रोगका कारण वर्षौपछि पनि मारिएका थिए ।

यो कार्यक्रममा प्रधानमन्त्री फुमियो किशिदा सहभागी भएनन् । तर यसअघि नै रेकर्ड गरिएको सन्देश सभामा बजाइएको थियो । उनले जी–७ देशसँग मिलेर जापानले परमाणु निरस्त्रीकरणमा अग्रणी भूमिका निभाउने प्रतिबद्धता जनाएका छन् ।

नागासाकीले स्मृति सभामा अणु बम पीडितका ३ हजार ३१४ नयाँ नाम दर्ता गरेको छ । योसँगै जापानमा दोस्रो विश्वयुद्धका क्रममा भएका परमाणु हम हमलाबाट मृत्यु हुनेको कुल संख्या १ लाख ९५ हजार ६०७ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?