
जापानको ओसाकास्थित हिरानो वार्डमा एक जना प्रहरी अधिकारीमाथि छुरा प्रहार गर्ने व्यक्ति भियतनामी भएको खुलासा भएको छ ।
प्रहरी अधिकारीले सडकमा सोधपुछ गर्ने क्रममा ती व्यक्तिले प्रहरीमाथि नै छुरा प्रहार गरी फरार भएका थिए ।
प्रहरीले फरार रहेका ती भियतनामीको खोजी कार्य तीव्र पारेको छ । अनुहारको तस्बिर प्रकाशित गरेर प्रहरीले अभियुक्तको खोजी गरिरहेको छ ।
अगस्ट ३ मा ओसाकाको हिरानो–कुको कामिकिताको सडकमा फ्युज प्रहरी चौकीका ३२ वर्षीया प्रहरी प्रमुखले दुई जना पुरुषलाई रोकर सोधपुछ गर्न खोज्दा खानमा छुरा प्रहार गरी घाइते बनाएर एक व्यक्ति फरार भएका थिए ।
प्रहरीले सीसीटीभी फुटेजका आधारमा प्रहरीमाथि हमला गर्ने व्यक्ति २४ वर्षीय भियतनामी न्गुएन छुएन भान नाम गरेका व्यक्ति भएको जनाएको छ ।
दुवै हातमा ट्याटु खोपेको, १ मिटर ७० सेन्टिमिटर अन्दाजी उचाई भएको, दुब्लो पातलो व्यक्तिको फोटो प्रहरीले सार्वजनिक गरेर खोजी गरिरहेको छ ।
