एनआरएनए पदाधिकारीलाई बधाईसहित कास्की–पोखरा समाजको बार्बेक्यू

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद जापानका नवनिर्वाचित पदाधिकारीलाई बधाईसहित कास्की–पोखरा समाज जापानको बार्बेक्यू सम्पन्न भएको छ ।

चिबा कासाई रिन्काइ पार्कमा बार्बेक्यु आयोजना गरिएको थियो । सो कार्यक्रममा एनआरएनए जापानका नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन गरिएको थियो ।

एनआरएनए जापानको ३० जुलाईमा भएको निर्वाचनबाट नविन निउरेको अध्यक्षतामा २०२३–२५ को कार्यकालका लागि नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

नवनिर्वाचित कार्यसमिति र आईसीसी सदस्यहरुलाई बधाई दिन तथा जापानमा रहेका कास्केलीहरुबीचको सम्बन्धमा पुनर्ताजगी गर्नका लागि आयोजित बार्बेक्यूमा जापानबासी नेपालीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा एनआरएनए जापानका निवर्तमान अध्यक्ष शिवप्रसाद पौडेल, नवनिर्वाचित अध्यक्ष नबिन निउरे, आईसीसी उपाध्यक्ष रोशन थापा, कोषाध्यक्ष महेश श्रेष्ठ, आइसीसी युवा संयोजक प्रविण गुरुङ, कलाकार ईश्वर गुरुङलगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?