जापान, दक्षिण कोरिया र अमेरिकाको त्रिदेशीय शिखर सम्मेलन हुने

जापान, दक्षिण कोरिया र अमेरिकाको त्रिदेशीय शिखर सम्मेलन हुने भएको छ ।

उत्तर कोरियाको बढ्दो आणविक चुनौतीको सामना गर्न सैन्य सहयोग बढाउने विषयमा छलफल गर्न जापान, अमेरिका र दक्षिण कोरियाका नेताहरूबीच शिखर सम्मेलन आगामी महिना अमेरिकामा तय भएको हो ।

त्रिदेशीय शिखर सम्मेलन आगामी अगस्टमा हुने भए पनि मिति र स्थान भने पछि तय गरिनेछ । यसअघि अमेरिका र दक्षिण कोरियाबीच पहिलो आणविक परामर्शदात्री समूहको बैठक भएको थियो ।

अमेरिका, जापान र दक्षिण कोरियाको सैन्य अभ्याससहितका गतिविधिलाई ध्यान दिँदै उत्तर कोरियाले आफ्नो मिसाइल परीक्षण तीव्र पारेको छ ।

उत्तरको परमाणु कार्यक्रम र दक्षिणको अमेरिकासँगको सैन्य अभ्यासका कारण दुई कोरियाबीचको सम्बन्ध भने अहिलेसम्मकै खराब अवस्थामा छ । लामो समयदेखि दुई देशबीच कूटनीतिक संवाद समेत अवरुद्ध भएको छ ।

उत्तर कोरियाली नेता किम जोङ उनले आणविक लगायत सामरिक हतियार विकास गर्न निर्देशन दिएका छन् । दक्षिण कोरियाली राष्ट्रपति युन सुक येओलले भने अमेरिकासँगको निकटता बढाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?