
जापानमा सन् २०२३ को पहिलो ६ महिनामा अपराधका घटनामा तीव्र वृद्धि देखिएको छ । जापानमा अपराधको संख्या अघिल्लो वर्ष यही अवधिको तुलनामा २१ प्रतिशतले बढेको हो ।
कोभिड नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध खुकुलो भएको तथा सडकमा हुने अपराधमा वृद्धि भएका कारण अपराधको संख्यामा उल्लेख्य वृद्धि भएको जापान प्रहरीको तथ्यांकमा उल्लेख छ ।
प्रहरीका अनुसार जापानमा यो वर्षको पहिलो ६ महिनामा जापानभर मात्रै साना ठूला गरी ३३ लाख ३ हजार ३ वटा अपराधका घटना घटेका छन् । जुन अघिल्लो वर्षको तुलनामा २१.१ प्रतिशतले बढी हो ।
यस्तै यो तथ्यांक जनवरी–जुनमा घटेका अपराधको आधारमा हेर्ने हो भने २१ वर्षपछिको सबैभन्दा बढी हो । जापानमा सन् २०२२ मा २० वर्षपछि पहिलो पटक अपराधका घटनामा वृद्धि भएको थियो ।
प्रहरीका अनुसार जापानमा १ लाख १० हजार ७४४ वटा सडक अपराधका घटना घटेका छन् । जसमा साइकल चोरीसम्मका अपराध छन् भने ब्रेक–इनका घटना २७ हजार ७४१ अर्थात २८ प्रतिशतले बढेको छ ।
डकैतीका घटना गत वर्गाको तुलनामा २३.८ प्रतिशतले बढेर २ लाख २८ हजार ८८९ पुगेका छन् । जुन अपराधको कुल वृद्धिको तीनचौथाई देखिएको छ । हत्यासहितका जघन्य अपराधका घटना १६.५ प्रतिशतले बढेर ५ हजार १३७ पुगेको छ ।
