
जापानका प्रधानमन्त्री फुमियो किशिदाविरुद्धको अविश्वासको प्रस्ताव संसदबाट असफल भएको छ ।
जापानको सबैभन्दा ठूलो विपक्षी दल कन्स्टिच्युसनल डेमोक्रेटिक पार्टी (सीडीपी) ले डायटको तल्लो सदनमा अविश्वासको प्रस्ताव ल्याएको थियो ।
सीडीपीले रक्षा खर्चमा गरेको वृद्धिका साथै महंगी नियन्त्रण गर्न सरकार असफल भएको आरोप लगाएको थियो ।
सत्तारुढ दलहरुले भने सीडीपीले संसदमा बहसलाई रोक्नका लागि हरेक वर्ष यस्तो प्रयास गर्ने गरेको टिप्पणी गरेको छ ।
किशिदाको लिबरल डेमोक्रेटिक पार्टीसँग तल्लो सदनमा बहुमत रहेका कारण यो अविश्वासको प्रस्तावलाई पनि प्रतिकात्मक रुपमा लिइएको थियो । सत्तारुढ दल र केही विपक्षी दल समेत यसको विपक्षमा उभिएका थिए ।
