
जापानमा ठूलो मात्रामा लागुपदार्थ तस्करी गरेको अभियोगमा ४ जना चिनियाँ नागरिक पक्राउ परेका छन् । जापान प्रहरीले उनीहरुलाई ७ सय ग्राम अवैध उत्तेजक लागुपदार्थसहित पक्राउ गरेको हो ।
संयुक्त अरब इमिरेड्स (युएई) बाट तस्करी गरेको बताइएको सो लागुपदार्थको मूल्य ४३ अर्ब ४० करोड येन भन्दा बढी पर्छ ।
जापानमा एकै पटक पक्राउ परेको यो अहिलेसम्मकै ठूलो परिणामको लागुपदार्थ हो ।
प्रहरीका अनुसार चारै जना चिनियाँ ३५ देखि ५१ वर्ष उमेरका रहेको बताइएको छ । उनीहरु टोकियो, योकोहामा र कावासाकीमा बसोबास गर्दै आएका थिए ।
दुबईबाट आएका र टोकियो आउनुअघि चीन ट्रान्जिट भएका कन्टेनरहरुमा कार्गोका रुपमा लुकाएर ठूलो मात्रामा उत्तेजक पदार्थ ल्याउने षड्यन्त्र गरेको आशंकामा उनीहरुमध्ये दुई जनालाई सुरुमा पक्राउ गरिएको थियो ।
सो लागू पदार्थका १७५ बाकसहरु फेला परेका थिए । यसअघि सन् २०१९ मा पनि शिजुओकामा ठूलो मात्रामा लागुपदार्थसहित ७ जना चिनियाँ नागरिक पक्राउ परेका थिए ।
