एक लाख ३० हजार माई नम्बर आईडी कार्डमा अरु नै व्यक्तिको बैंक खाता

|

जापानले एकीकृत परिचय प्रणाली अन्तर्गत लागू गर्न लागेको माई नम्बर कार्ड धारकहरुको नाममा अरु नै व्यक्तिहरुको बैंक खाता भएको पाइएको छ ।

यति ठूलो संख्यामा माई नम्बर आईडीहरुमा परिवारका सदस्यहरुको बैंक खाता लिंक गरेको पाइएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

माई नम्बर राष्ट्रिय परिचय प्रणालीमा धेरै संख्यामा हकदारहरुको सट्टा परिवारका सदस्यहरुको बैंक खाता जोडेको पाइएपछि समस्या देखिएको हो ।

डिजिटल एजेन्सीले पेन्सन मुक्तान र अन्य सुविधाहरु प्राप्त गर्न बैंक खाताहरुमा लिंग गरिएका करिब ५ करोड ४० लाख माई नम्बर आईडीहरुको जाँच गरेको हो ।

जसमा १ लाख ३० हजार एक व्यक्तिको माई नम्बर आईडीहरुमा परिवारका सदस्यको बैंक खाता लिंक गरेको पाइएको हो ।

जसमा ७४८ वटा माई नम्बर कार्डमा बैंक खाताहरु गलत रुपमा अपरिचित व्यक्तिको आईडी जोडेको पाइएको छ ।

डिजिटल एजेन्सीले जुन २०२५ सम्म माई नम्बर आईडी प्रणालीमा संशोधित कानुन लागू भएपछि प्रणाली प्रयोगमा ल्याउने योजना बनाएको छ ।