जापानलाई किन निकै सुरक्षित देश मानिन्छ ?

जापानको विकास र प्रगतिमा प्रविधिको ठूलो स्थान छ । आज पनि जापानी घडी, क्यामरा संसारभर प्रसिद्ध छन् ।

तर जापान प्रविधिका क्षेत्रमा अगाडि रहेको मुलुकमात्रै होइन, सुरक्षाका हिसाबले पनि निकै राम्रो मानिन्छ । जापानको कानुन, अपराध रोक्ने नीति र शिक्षा प्रणालीले जापानलाई सुरक्षित देश पनि बनाएको छ ।

सन् २०२२ मा ग्लोबल पिस इन्डेक्समा जापान १०औं स्थानमा परेको छ । यो सूचीको पहिलो स्थानमा आइसल्याण्ड छ भने नेपाल ७३ औं स्थानमा छ ।

जापानको प्रहरीले हतियार र अपराधमा शून्य सहनशीलताको नीति अवलम्बन गर्छ । यी नीतिहरु जापानले हालसालै बनाएको हैन । बरु यी नीति, नियम तथा कानुनहरु २ सय वर्ष पुराना हुन् ।

जापानमा सामुदायिक प्रहरीका पोष्टहरु छन् । जसलाई कोबेन भनिन्छ । एउटा कोबेनमा दुई–तीन जना प्रहरी रहन्छन् । उनीहरुको काम जनतालाई सुरक्षासँग सम्बन्धित जानकारी र सेवा दिनु हो ।

जापानमा कसैले सामान हरायो भने कोबेनमा गएर त्यसको जानकारी दिन सकिन्छ । यी प्रहरीले सामाजिक सेवाको काम गर्दछन् । पूरै जापानभर ६ हजार ६ सय भन्दा बढी कोबेन छन् ।

जापान संसारमै सबैभन्दा कम बन्दुक प्रयोग हुने देशमा पर्छ । यहाँ व्यक्तिले बन्दुक राख्न निकै कठिन छ । तर गत वर्ष पूर्वप्रधानमन्त्री शिन्जो आबेको हत्याले ठूलो प्रश्न उठाएको थियो ।

सन् २०१७ मा जापानमा २२ अपराधमा बन्दुकको प्रयोग भएको थियो । जसमा तीन जनाको मृत्यु भयो । सन् २०१३ मा ४० अपराधमा बन्दुकको प्रयोग भएर ४ जनाको मृत्यु भएपछि यो संख्यामा कमी आएको पाइन्छ ।

जापानमा अपराध कम हुनुमा शिक्षा पनि प्रमुख कारण हो । जापानमा सानैदेखि बालबालिकालाई जुन उनीहरुको होइन त्यो आफूसँग राख्नु अपराध हो भनेर सिकाइन्छ ।

जापानमा रक्सी सेवन गरेर साइकलसमेत चलाउन पाइँदैन । रक्सी पिएर साइकल चलाएको पाइएमा जरिवाना र कैद दुवै सजाय हुन्छ । जापानमा साइकल चलाउँदा हेडफोन लगाउन, छाता ओढ्न र मोबाइल फोन प्रयोग गर्न पाइदैन ।

जापानी नागरिकहरुले यस्ता कानुनी व्यवस्थालाई कडाईपूर्वक पालना गर्छन् । धेरैजसो घरमा राखिएका पसलमा एक स्टिकर लगाइएको हुन्छ जसमा लेखिएको हुन्छ– कोडोमो ११० ब्यान्ड इन द ले । जसको अर्थ हुन्छ जुन बच्चा खतरामा हुन्छ, त्यसले यो ठाउँलाई शेल्टरको रुपमा प्रयोग गर्न सक्छ ।

जापानमा सडक प्रयोगको कानुन पनि कडा छ । गाडी दुर्घटनामा संलग्नलाई कडा सजाय हुन्छ ।

सन् १९७० मा एउटा निकै कडा कानुन बनाइयो । तर सन् १९७० मै कारहरुको संख्या यति धेरै बढ्यो कि दुर्घटनाबाट १६ हजार ७६५ जनाको मृत्यु भयो । यसका कारण जापानमा कडा दण्डनीय कानुन लागु गरियो ।

यी कानुनको पालनाबाट सडक दुर्घटना कम गर्न यसो गरिएको हो । जापानमा मादक पदार्थ सेवन गरेर गाडी चलाएमा जेल सजाय हुन्छ ।

जापानमा हतियार किन्न निकै कठिन छ । हतियार किन्न चाहनले संयमतापूर्वक निर्ध लामो प्रतीक्षा गर्नुपर्छ । जसका लागि एउटा कोर्स पढेर परीक्षा दिनुपर्छ । र, दोस्रो चरणमा निशाना लगाउन सक्नुपर्छ ।

यो कोर्समा जसले ९५ प्रतिशत सही जवाफ दिन्छ, उसले मात्रै हतियार राख्ने अनुमति पाउँछ । बन्दुक राख्न चाहने व्यक्तिको मनोवैज्ञानिक अवस्था आदि जाँच गरेर रेकर्ड राखेर मात्रै अन्तिम स्वीकृति दिइन्छ ।

日本藤素 p-image-195785″ width=”844″ height=”439″/>

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?