
जापानका रक्षामन्त्री हामादा यासुकाजुले रक्षा क्षमता सुदृढ गर्ने प्रयास उसको रक्षा उन्मुख नीतिको दायरामा गरिने बताएका छन् ।
उनले आफ्नो मजबुत प्रतिरोधात्मक क्षमताबाट वर्तमान अन्तर्राष्ट्रिय व्यवस्थासामू रहेका कुनै पनि चुनौतीलाई परास्त गर्ने जापानको मनसाय रहेको पनि प्रष्ट पारे ।
उनले अन्य देशलाई खरता हुने कुनै सैन्य बल राख्ने लक्ष्य भने जापानको नभएको दाबी गरेका छन् ।
उत्तर कोरिया र चीनलाई लक्षित गर्दै हामादाले ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण तथा जापानी जलक्षेत्रमा विदेशी जहाजको लगातारको घुसपैठ जस्ता सैन्य भड्काउ गतिविधिहरु नियमित रुपमा हुन थालेको पनि उल्लेख गरे ।
उनले यस्ता गतिविधिहरुले मुक्त, खुला र स्थिर समुद्री माहौलमा बाधा सिर्जना गर्ने बताए ।
