टोकियोमा आज ‘प्रसाद–२’ प्रदर्शन

जापानको राजधानी टोकियोसहित एक दर्जन बढी सहरमा नेपाली चलचित्र ‘प्रसाद–२’ प्रदर्शन हुँदैछ । यो चलभित्रमा सामाजिक न्याय र जातीय मुद्दालाई प्रमुख रुपमा उठाइएको छ ।

राजधानी टोकियोको नाकानोस्थित नाकानो जेरो हलमा आज प्रदर्शन हुन लागेको हो ।

सुदर्शन थापाको निर्देशनमा बनेको चलचित्रमा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी, प्रकाश घिमिरे, विशाल पहाडीलगायतका कलाकारको भूमिका रहेको छ ।

जातीय मुद्दा र सामाजिक न्यायका गम्भीर विषयका गम्भीर मुद्दालाई सशक्त ढंगमा उठाएको चलचित्र प्रसाद–२ चार वर्षअघि लोकप्रिय मानिएको ‘प्रसाद’ चलचित्रकै सिक्वल हो ।

चलचित्रमा अन्तरजातीय विवाहको कथालाई केन्द्रमा राखेर सामाजिक जातीय विभेद, राजनीतिक विकृति, समाजका अगुवाको हैकमवादी प्रवृत्तिविरुद्ध गर्ने संघर्षलाई चित्रण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?