भीषण वर्षापछि जापानका यी क्षेत्रमा बाढीपहिरोको चेतावनी

जापानका मौसम अधिकारीहरुले बाक्लो बादलका कारण 威而鋼 पश्चिमदेखि मध्य जापानका केही क्षेत्रमा भारी वर्षा भइरहेको जानकारी दिएका छन् । मावार तुफानका कारण बाक्लो बादल जम्मा भएपछि वर्षा भइरहेको हो ।

कोची, वाकायामा, नारा, मिए, आइची र शिजुओका क्षेत्रमा बाक्लो बादल लागेका कारण थप वर्षा हुनसक्ने अधिकारीहरुले जनाएका छन् ।

मौसम अधिकारीले बाढी पहिरो आउनसक्ने र ज्यान समेत खरामा पर्ने भएकाले सुरक्षित स्थानमा रहन सर्वसाधारलाई सल्लाह दिएका छन् ।

कोचीको तोसाशिमिजु सहरमा १२ घन्टाको अवधिमा ३५०.५ मिलिमिटर वर्षा भएको छ ।

शनिबार साँझसम्म तोकाइमा २५० मिलिमिटर, कान्तोकोशिनमा २०० मिलिमिटर, शिकोकु तथा इजु द्विपसमूहमा १५० मिलिमिटर तथा किंकीमा १०० मिलिमिटरसम्म वर्षा हुने अनुमान छ ।

अधिकारीहरुले वर्षाका कारण नदी आसपासका इलाका र समुद्र सतहबाट कम उचाईमा भएका क्षेत्रमा बाढीको जोखिम रहेको भन्दै सावधानी अपनाउन अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?