जापानमा स्वदेशी र विदेशी पर्यटकको संख्यामा वृद्धि

जापानमा पछिल्ला महिनामा स्वदेशी तथा विदेशी पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।

कोभिड–१९ नियन्त्रणका लागि लगाइएका प्रतिबन्धहरु खुकुलो पारिएसँगै स्वदेशी र विदेशी पर्यटकको संख्या वृद्धि भएको हो ।

जापानमा स्वदेशी पर्यटकको संख्या ४१ प्रतिशत र विदेशी पर्यटकको संख्या १९ गुणा बढेको तथ्यांकले देखाएको छ ।

जापान टुरिज्म एजेन्सीका अनुसार अप्रिल सम्ममा ४ करोड ७६ लाख मानिसहरु घरेलु होटलहरुमा बस्न पुगेका थिए । यो संख्या गत वर्ष सोही अवधिको तुलनामा ४१ प्रतिशत बढी हो ।

जसमध्ये जापानी नागरिकको संख्या ३ करोड ७२ लाख थियो । यो संख्या गतवर्षको भन्दा १२ प्रतिशत बढी हो ।

यसैगरी १ करोड ३ लाख विदेशीले पनि जापान भैमण गरेका छन् । यो संख्या गत वर्षको भन्दा १९ गुणा बढी हो ।

यो जापानमा कोरोना भाइरसको महामारी सुरु हुनुअघिको संख्याको करिब ९३ प्रतिशत हो ।

यो संख्याले जापानमा कोरोना नियन्त्रणका लागि लगाएका प्रतिबन्ध हरेपछि पर्यटक आगमनको अवस्था कोरोनाअघिकै अवस्थामा पुगेको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?