जापानस्थित नेपाली राजदूतावासले नेपालीका समस्या समाधानका लागि प्रयोगमा ल्यायो नयाँ फोन नम्बर

जापानका लागि नेपाली राजदूतावासले नेपालीका समस्या समाधानका लागि नयाँ फोन नम्बर प्रयोगमा ल्याएको छ ।

दूतावासले एक विज्ञप्ति जारी गर्दै जापानबासी नेपालीका लागि दूतावासबाट प्रदान गरिने राहदानी, कन्सुलर र कानुनी परामर्श लगायतका सेवाका लागि सम्पर्क गर्न सहज, सरल र सुलभ होस् भन्ने उद्देश्यले राजदूतावासले ०३–३७१३–६२४१ नम्बरको फोन सञ्चालनमा ल्याएको जानकारी दिएको छ ।

जापानमा रहेका नेपालीले कार्यालय खुलेको दिन बिहान ९ः३० बजेदेखि साँझ ५ः३० बजेसम्म आफ्ना समस्या तथा गुनासोका लागि यो नम्बरमा फोन गर्न सक्नेछन् ।

यसका साथै राजदूतावासको इमेल [email protected] मार्फत पनि सम्पर्क गर्न सकिनेछ ।

राजदूतावासबाट प्रदान गरिने सेवाहरुका सम्बन्धमा राजदूतावासको वेबसाइटjp.nepalembassy.gov.np, राजदूतावासको फेसबुक बेज Embassy of Nepal in Tokyo र राजदूतावासको ट्विटर अकाउन्ट Embassy of Nepal, Tokyo बाट पनि अद्यावधिक गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?