प्रधानमन्त्री किशिदाले छोरालाई कार्यकारी सचिवबाट बर्खास्त गर्ने

जापानका प्रधानमन्त्री फुमियो किशिदाले आफ्नो छोरा शोटारोलाई कार्यकारी सचिवको पदबाट बर्खास्त गर्ने भएका छन् ।

गत वर्ष एक पारिवारिक समारोहका क्रममा प्रधानमन्त्रीको आधिकारिक निवासमा लिएको एक तस्बिरको विवादबीच आलोचना बढेपछि प्रधानमन्त्रीले उनलाई बर्खास्त गर्ने भएका हुन् ।

संसदको जारी अधिवेशनमा केही महत्वपूर्ण विधेयकहरु विचाराधिन रहेको र यी विधेयक पारित गर्नका लागि आफ्नो प्रशासनलाई अप्ठ्यारो नहोस् भन्नका लागि उनले आफ्नो छोरालाई बर्खास्त गर्ने भएका हुन् ।

उनले हिरोसिमामा भएको जी७ शिखर बैठककै क्रममा आफूले छोरालाई कार्यकारी सचिवको पदबाट बर्खास्त गर्ने निर्णय लिएको बताएका छन् ।

उनले भने, ‘यो नियुक्तिको जिम्मेवारी ममाथि नै आउछ । मैले यसलाई गम्भीरता पूर्वक लिएको छु ।’

गत वर्ष उनलाई कार्यकारी सचिवका रुपमा नियुक्त गरेपछि उनी प्रधानमन्त्रीका लागि पटक पटक तनाव सिर्जना गरिरहेका छन् ।

उनका गतिविधिलाई लिएर जापानका विपक्षी पार्टीहरुले पनि सरकार र प्रधानमन्त्रीको चर्को आलोचना गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?