मावार तुफानबाट ओकिनावामा आँधी र भारी वर्षाको आशंका

दक्षिण पश्चिमी जापानस्थित ओकिनावा क्षेत्रमा बुधबार आसपास शक्तिशाली समुद्री तुफान आउने अनुमान छ । मौसम अधिकारीहरुले उच्च लहर र तीव्र गतिको हावा आउने चेतावनी दिएका छन् ।

मौसम विभागका अनुसार सोमबार समुद्री तुफान मावार फिलिपिन्सको पूर्वी जलक्षेत्रमा १० किलोमिटर प्रतिघन्टाको रफ्तारले पश्चिमोत्तर दिशातर्फ अघि बढेको थियो ।

९५० हेक्टोपास्कलको केन्द्रीय वायुमण्डलीय दबाब भएको यो तुफानको मध्यमा हावाको गति १६२ किलोमिटर प्रतिघन्टा छ । जो २१६ किलोमिटर प्रतिघन्टासम्म जानसक्छ ।

केन्द्रदेखि २२० किलोमिटर पूर्व र १५० किलोमिटर पश्चिमसम्मको क्षेत्र यो तुफानको चपेटामा पर्नसक्छ ।

उत्तर दिशातर्फ अघि बढ्नुका साथै मावार आफ्नो शक्ति कायम राख्दै बुधबार आसपास ओकिनावा क्षेत्रमा पुग्ने अनुमान छ ।

तुफानको अपेक्षकृत कम रफ्तार रहेका कारण यसको असर केही लामो समय जारी रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?