उत्तर कोरियाले भन्यो– जापानको व्यवहार शिखर बैठकका लागि चुनौती

उत्तर कोरियाले शिखर बैठकका लागि जापानले आफ्ना पूर्वशर्तहरु छाड्नुपर्ने बताएको छ ।

उत्तर कोरियाली विदेश मन्त्रालयका वरिष्ठ अधिकारीले सर्वोच्च नेता किम जोङ–उन र जापानी प्रधानमन्त्री फुमियो किशिदाबीच वार्ता सम्भव रहेको तर त्यसका लागि जापानले पूर्वशर्त छाड्नुपर्ने बताएका हुन् ।

किशिदाले शनिबार दशकौं अघि अपहृत जापानी नागरिकलाई फिर्ता ल्याउनका लागि उत्तर कोरियासँग बिना पूर्वशर्त उच्चस्तरीय वार्ता सुरु गर्न तयार रहेको बताएका थिए ।

उत्तर कोरियाका विदेश मामिला उपमन्त्री फाक सान गिलले सरकारी समाचार एजेन्सी केसिएनएमा वक्तव्य जारी गर्दै जापानसँगको वार्ताबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

फकले भनेका छन्, ‘वस्तुतः जापान अपहरण मुद्दाको समाधान चाहन्छ, तर यो मुद्दा पहिले नै समाधान भइसकेको छ र द्विपक्षीय सम्बन्ध सुधारको पूर्वसर्तका रुपमा उसले उत्तर कोरियाको आत्मरक्षा अधिकारसँग जोडिएको मुद्दाको हल निकाल्न चाहन्छ ।’

उनले यदि जापानले विगतलाई भुलेर बदलिदो अन्तर्राष्ट्रिय परिस्थिति र समय अनुसार नयाँ निर्णय गर्ने प्रयास गर्दै आपसी सम्बन्ध सुधारको मार्ग खोज्छ भने शिखर बैठक नहुने कुनै कारण नभएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?