खाद्य वस्तुमा बढेको महंगीसँगै टोकियोबासीको खर्च ३.२ प्रतिशतले बढ्यो

जापानको राजधानी टोकियोबासीले खाद्यवस्तु तथा अन्य वस्तुमा भएको मूल्यवृद्धिका कारण महंगीको मार खेप्नुपरेको छ ।

टोकियोको उपभोक्ता मूल्य सूचकांक अन्य क्षेत्रको तुलनामा धेरै माथि पुगेको छ । यसलाई राष्ट्रव्यापी मुद्रास्फीतिको प्रमुख सूचक मानिएको छ ।

जापानको आन्तरिक मामिला मन्त्रालयका अनुुार टोकियोका ३२ वटा वडाको सूचकांक अघिल्लो वर्षको तुलनामा ३.२ प्रतिशले बढेको छ ।

तथ्यांकमा ताजा खानेकुराको मूल्य भने मौसम अनुसार परिवर्तन हुने भएकाले समावेश गरिएको छैन ।

परिसूचक अप्रिलको तुलनामा ०.३ अंकले घटेको थियो । ताजा वस्तुबाहेक खाद्यान्नको मूल्य अघिल्लो वर्षको तुलनामा झण्डै ९ प्रतिशतले बढेको छ । जुन १९७६ पछि खाद्यान्नमा देखिएको यो उच्च वृद्धि हो ।

अण्डाको मूल्य ३१.१ प्रतिशत, खाने तेलको मूल्य २४ प्रतिशत र रेस्टुरेन्टहरुमा ह्याम्बर्गरको मूल्य १७ प्रतिशतले बढेको छ ।

ट्वाइलेट पेपरमा १५.७ प्रतिशतले वृद्धि भएको छ भने ट्याक्सी भाडाा १४.४ प्रतिशत तथा होटलहरुको भाडादर १५.५ प्रतिशतले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?