जापानी प्रधानमन्त्री किशिदा नेटो शिखर सम्मेलनमा सहभागी हुने

जापानका प्रधानमन्त्री फुमियो किशिदा अमेरिका नेतृत्वको सैन्य गठबन्धन नेटोको शिखर सम्मेलनमा सहभागी हुने भएका छन् ।

किशिदा सहभागी देशका प्रतिनिधिका रुपमा लिथुवानियामा आयोजना हुने नेटो बैठकमा भाग लिन चाहेको सरकारी स्रोतले जनाएको छ ।

बैठकको मुख्य樂威壯 उद्देश्य रुसी आक्रमणको सामना गरिरहेको युक्रेनलाई थप सैन्य सामग्री उपलब्ध गराउनु हो ।

लिथुवानियामा पुगेर किशिदाले युक्रेनलाई सहयोग जारी राख्ने बचन दिन चाहेका छन् । रुस र चीनले आपसी सहयोग मजबुत पारिरहेका बेला किशिदा युक्रेनलाई सहयोग बढाउने पक्षमा छन् ।

उनले जापान युरोप र हिन्द प्रशान्त क्षेत्रको सुरक्षाको अभिन्न अंगका रुपमा रहेको देखाउन चाहेका छन् । किशिदाका लागि नेटो शिखर सम्मेलनमा सहभागी हुने यो दोस्रो अवसर हुनेछ ।

गत वर्ष जुनमा नेटो शिखर सम्मेलनमा सहभागी हुने उनी पहिलो जापानी प्रधानमन्त्री बनेका थिए ।

दोस्रो विश्वयुद्धमा अमेरिकी परमाणु हमलाको सामना गरेको जापान त्यसयता कुनै सैन्य गठबन्धनमा नरहने नीतिमा अडिग रहँदै आएको थियो । तर पछिल्ला वर्षमा जापानले सैन्य गतिविधि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?