
जापानमा एक जनाले दुई प्रहरीसहित तीन जनाको हत्या गरेका छन् । हत्या गरिएकी एक सर्वसाधारण महिला हुन् ।
मध्य जापानको नागानोमा ती आक्रमणकारीले गोली हान्ने तथा चक्कु प्रहार गर्ने गरेका थिए ।
प्रहरीले आक्रमणमा एक जना घाइते भएको जनाएको छ । ती पुरूष आक्रमणकारीले सैनिकको जस्तो लुगा लगाएको प्रहरीको भनाई छ ।
प्रहरीले उनको खोजी गरिरहेको छ । प्रहरीले घटना भएको नागानो क्षेत्रका बासिन्दाहरुलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ ।
जापानमा सर्वसाधारणले बन्दुक राख्न निकै कडा कानुनी व्यवस्था भएकाले गोलीकाण्ड निकै कम हुन्छन् । यो घटनामा संलग्न व्यक्तिले किन हमला गरे भन्ने खुलेको छैन ।
