
जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले विदेशी कामदारको स्थिति विस्तार गर्ने सरकारी योजनालाई स्वीकृत गरेको छ ।
एलडीपीले दक्ष विदेशी कामदार भर्ती गर्ने क्षेत्रहरुलाई व्यापक रुपमा वृद्धि गर्ने सरकारी योजनालाई अनुमोदन गरेको हो ।
विदेशी कामदारहरुलाई आकर्षित गर्न तीव्र विश्वप्यापी प्रतिस्पर्धाको सामना गर्दै उनीहरुको संख्या बढाउने उद्देश्यले यो योजना ल्याइएको हो ।
दोस्रो श्रेणीको दर्जा प्राप्त श्रमिक जापानमा बस्नका लागि जतिपटक चाहे पनि आफ्नो भिसा अवधि बढाउन सक्नेछन् भने उनीहरुलाई श्रीमान् श्रीमती तथा बच्चा समेत साथमै ल्याउन अनुमति दिइनेछ ।
अहिले भवन तथा पानीजहाज निर्माणको क्षेत्रका श्रमिकलाई दोस्रो श्रेणीको निवासी स्थितिका लागि आवेदन गर्न सक्छन् । ४ वर्षअघि ल्याइएको यो योजनाअनुसार हालसम्म ११ जनाले मात्रै दोस्रो दर्जाको निवासीको दर्जा प्राप्त गरेका छन् ।
मंगलबार एलडीपीले दोस्रो श्रेणीमा सामेल क्षेत्रको संख्या २ बाट बढाएर ११ बनाउने योजनालाइए स्वीकृति दिएको हो । जसमा खेतीदेखि लिएर खाद्य तथा पेय पदार्थ निर्माण समेतका क्षेत्र छन् ।
यो योजनाले श्रमिकको कमीको सामना गरिरहेको जापानले श्रमिकका लागि आकर्षक बन्न अझै खुकुलो नीतिहरु लिन खोजेको देखिन्छ । आगामी महिनाको सुरुमा सरकारले यो योजनालाई मन्त्रिपरिषदबाट स्वीकृत गर्ने सम्भावना छ ।
