
नेपाल सरकार मन्त्रिपरिषदले जापान सरकारले दिने ४१ करोड अनुदान स्वीकार गर्ने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता एवं. सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जापान सरकारबाट प्राप्त हुने मानव संसाधन विकास छात्रवृत्तिको ४१ करोड रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको जानकारी दिइन् ।
उनले विद्यालय क्षेत्र आयोजनाका लागि शिक्षाका लागि विश्वव्यापी साझेदारी संस्थाबाट १९.७० मिलियन अमेरिकी डलर सहायता स्वीकृत गर्ने निर्णय गरेको जानकारी बताइन् ।
विद्यालय क्षेत्र रूपान्तरण कार्यक्रमका लागि विश्व बैंकबाट १२० मिलियन अमेरिकी डलर ऋण सहायता पनि स्वीकार गर्ने निर्णय गरेको मन्त्री शर्माको भनाइ छ ।
