टोकियोको इजु टापुमा ५.३ म्याग्निच्युडको भूकम्प

जापानको राजधानी टोकियोको इजु टापुको निजिमा र कोजुसिमा नजिकैको समुद्री क्षेत्रमा केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको छ ।

तोशिमामा गएको ५.३ म्याग्निच्युडको भूकम्प गए पनि सुनामीको खतरा भने नरहेको जापान मौसम विज्ञान एजेन्सीले जनाएको छ ।

इजु टापु क्षेत्रमा त्यसपछि लगातार साना परकम्पहरु महसुस गरिएको थियो ।

जापानको मौसम विज्ञान एजेन्सीले भूकम्पको तीव्र धक्का भएका क्षेत्रहरुमा थप शक्तिशाली भूकम्प जाने सम्भावना रहेको भन्दै साबधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

जापान मौसम एजेन्सीका अनुसार सोमबार बेलुका ४ः४२ मा निजिमा र कोजुसिमा नजिकै ११ किलोमिटर गहिराईमा केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पबाट कुनै क्षति भएको विवरण भने आएका छैनन् ।

टोकियोको तोसिमामा ५ रेक्टर स्केलभन्दा कम तीव्रताका भूकम्प गएको भए पनि क्षतिको विवरण नआएको महानगरीय प्रहरी विभागको ओसिमा प्रहरी चौकीले जनाएको छ । प्रहरीहरु भने घटनास्थलको अवस्था जाँचका लागि खटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?