अमेरिकी परमाणु बम हमलाबाट बाँचेकाहरु जी–७ शिखर सम्मेलनबाट निराश

威而鋼 266″ width=”841″ height=”473″/>

जापानमा दोस्रो विश्वयुद्धका क्रममा अमेरिकाले गरेको परमाणु बम हमलाबाट बाँचेकाहरु जी–७ शिखर सम्मेलनबाट निराश भएका छन् ।

परमाणु हमलाबाट बाँचेकाहरुको समूहका अध्यक्षले आफूले यो सम्मेलनबाट निराश भएको बताएका हुन् ।

ए र एच बम पीडित संगठनको एक समूह जापान परिसंघ अर्थात निहोन् हिदांक्योका सहअध्यक्ष तानाका तेरुमीले अनलाइन पत्रकार सम्मेलन गरी आफूहरु निराश भएको बताएका हुन् ।

उनले परमाणु प्रतिरोधकतामा निर्भर रहने र परमाणु अप्रसारको व्यवस्थालाई महत्व दिने जी–७ नेताहरुको पुरानो नीतिमा बदलाबलाई लिएर चिन्ता व्यक्त गरेका छन् ।

तानाकाले परमाणु बम हमलाबाट बाँचेकाहरु छिटोभन्दा छिटो परमाणु अस्त्र उन्मूलनको पक्षमा रहेको र मानवता र यस्ता अस्त्रको सहअस्तित्व सम्भव नभएको उनले बताए ।

उनले जी–७ शिखर सम्मेलनमा परमाणु हतियार नियन्त्रणबारे प्रगति हुने आशा राखेपनि त्यसो हुन नसकेको उनीहरुको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?