
टोकियोको आसाकुसा इलाकामा ४ वर्षपछि पारम्परिक उत्सव सान्जा मात्सुरी हर्षोल्लासका साथ मनाइएको छ ।
कोरोना भाइरसको महामारीपछि पहिलो पटक यसरी ठूलो उपस्थितिसहित यो पर्व मनाइएको हो ।
सदियौं पुरानो सान्जा मात्सुरी उत्सवले गर्मीको आगमनको सूचना दिन्छ । ‘मिकोशी’ अर्थात पालकी–नुमा झाँकीसहितको तीन दिने उत्सव मनाइएको हो ।
आइतबार ३ झाँकी आसाकुसा श्राइनबाट ल्याइएपछि पुजारी आसाकुसाको सडकमा यी झाँकीसँगै जुलुसमा सहभागिता जनाए ।
कोरोना भाइरसको महामारीको सुरुवातपछि पहिलोपटक यो उत्सव महामारीअघिकै रुपमा मनाइएको हो ।
भीडमा सहभागीहरुले आसाकुसाको रौनक फर्किएको भन्दै खुसी व्यक्त गरेका छन् ।
