जी–७ शिखर सम्मेलनमा आमन्त्रित नेताहरुद्वारा शान्ति स्मृति संग्रहालय भ्रमण

जी–७ शिखर सम्मेलनमा आमन्त्रित भारत, ब्राजिल, दक्षिण कोरिया, भियतनाम, इन्डोनेसिया र अन्य गैर–जी७ देशका नेताहरुले हिरोसिमाको शान्ति स्मृति संग्रहालयको भ्रमण गरेका छन् ।

जी–७ शिखर सम्मेलनको अन्तिम दिन नेताहरुको ४० मिनेट लामो यात्राका क्रममा जापानी प्रधानमन्त्री फुमियो किशिदा पनि साथमै थिए ।

सो क्रममा उनीहरुले शिरोसिमामा दोस्रो विश्वयुद्धका क्रममा भएको बिनासको प्रदर्शनीको अवलोकन गर्दै सो घटनामा ज्यान गुमाएकाहरुप्रति शोक पुस्तिकामा श्रद्धान्जली लेखेका छन् ।

त्यसलगत्तै उनीहरुले अणु बम हमला पीडितप्रति समर्पित स्मारकमा पुष्पाञ्जली अर्पण गर्दै प्रार्थना गरेका थिए ।

जापानी प्रधानमन्त्री किशिदाले यो भ्रमणका माध्यमबाट परमाणु शक्ति सम्पन्न देशलाई अणु बम हमलाको आतंक र विभीषिका दर्शाउँदै परमाणु निरस्त्रीकरण र परमाणु अस्त्र अप्रसारको आफ्नो प्रयासलाई गति दिन चाहन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?