जापानमा खोलामा डुबेका शर्माको मृत्यु, सोमबार अन्त्येष्टि

जापानमा खोलामा डुबेका कारण एक नेपालीको मृत्यु भएको छ ।

पर्वत जिल्ला घर भई लामो समयदेखि जापानको नागोयामा बस्दै आएका रबिन शर्माको मृत्यु भएको हो । उनलाई १८ अप्रिलमा स्थानीय खोलामा डुबेको अवस्थामा उद्दार गरिएको थियो ।

खोलाबाट उद्दार गरी अस्पताल लगिएका उनको उपचारकै क्रममा आइतबार मृत्यु भएको हो । विद्यार्थीका रुपमा जापान पुगेका उनी हाल एक कम्पनीमा कार्यरत रहेका थिए । उनी श्रीमती र छोरीसँगै जापानमा बस्दै आएका थिए ।

शर्मा आफैंले साइकल चलाएर गएर खोलामा पसेको देखिएको भन्दै प्रहरीले आत्महत्याको कोशिस गरेको देखिएको बताएको छ ।
शर्माको सोमबार (२२ मे) नागोयाको मिनातो हिगासी चायामा अन्तिम संस्कार गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?