उत्तर कोरियाली ह्याकरले जापानबाट चोरे ७२१ मिलियन डलर बराबरको क्रिप्टो

जापानबाट उत्तर कोरियाली ह्याकरहरुले ७२१ मिलियन डलर बराबरको क्रिप्टोकरेन्सी चोरी गरेको खुलासा भएको छ ।

उत्तर कोरियाली ह्याकरले सन् २०१७ देखि २०२२ का ५ वर्षमा ७२१ मिलियन डलर बराबरको क्रिप्टो चोरी गरेको रिपोर्ट बाहिर आएको हो ।

बेलायती ब्लकचेन एनलाइसिस कम्पनी एलिप्टिकले सार्वजनिक गरेको रिपोर्ट अनुसार यो रकम गत सात वर्षमा विश्वभर भएको कुल क्रिप्टो चोरीको ३० प्रतिशत भएको बताइएको छ ।

शनिबार मात्रै जापानका पूर्व तथा हाल बहालवाला अर्थमन्त्री र केन्द्रीय बैंकका गभर्नरहरूले सामूहिक विज्ञप्ति जारी गर्दै दैनिक रूपमा बढिरहेको अर्थतन्त्रमाथि साइबर हमलाका चुनौतीको सामना गर्न सहयोगका लागि तयार रहेको बताएका छन् ।

एलेप्टिकले सार्वजनिक गरेको रिपोर्टका अनुसार सन् २०१७ देखि २०२२ को बिचमा भएको कुल क्रिप्टो चोरीमध्ये व्यावसायिक कम्पनीहरूको मात्र २ अर्ब ३० करोड डलर बराबरको क्रिप्टो चोरी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?