जापानले विकासोन्मुख राष्ट्रलाई ४ अर्ब डलर सहयोग गर्ने

जापानले विकासशील राष्ट्रहरुलाई ४ अर्ब डलर सहयोग घोषणा गरेको छ ।

जापानी प्रधानमन्त्री फुमियो किशिदाले जलवायु परिवर्तन र अन्य चुनौतीको सामना गर्न विकासोन्मुख देशहरुलाई ४ अर्ब डलर सहयोग घोषणा गरेका हुन् ।

हिरोसिमामा जारी जी–७ शिखर सम्मेलनसँग सम्बन्धित एक कार्यक्रममा बोल्दै उनले निकासोन्मुख र अन्य देशहरुमा पूर्वाधार लगानीलाई जोड दिने बताए ।

उनले खाद्य सुरक्षा सुदृढीकरण, साना तथा मझौला कम्पनीहरुलाई सहयोग र महिला सशक्तीकरणका लागि पनि प्रयोग गरिने उनले बताए । यो रकम जापान इन्टरनेशलन कोअपरेसन जाइकामार्फत परिचालन गरिनेछ ।

उनले जापानले कसैलाई पनि विकासमा पछि नछाड्ने समाज निर्माण गर्न पूर्वाधार लगानीमा जोड दिने लक्ष्य राखेको बताए ।

लगानीले स्वच्छ ऊर्जाको प्रयोगलाई बढावा दिने, जलवायु परिवर्तनसँग लचिलो समाज निर्माण गर्ने, आपूर्ति शृङ्खलालाई सुदृढ गर्ने र डिजिटल प्रविधि र यातायात पूर्वाधारमार्फत जनतालाई जोड्ने उनले बताए ।

प्रधानमन्त्री किशिदाले दिगो विकासलाई अगाडि बढाउन निष्पक्ष र पारदर्शी रुपमा लगानी गरिने प्रतिबद्धता समेत जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?